बनेपा/बनेपा नगरपालिकाको सहयोगमा तथा लायकु क्लब बनेपाको आयोजनामा जिल्ला ब्यापि प्रथम बनेपा मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी पौष १३ गते देखी बनेपाको लायुकञ्चमा जिल्ला ब्यापि भलिबल हुने र उक्त प्रतियोगितामा जिल्लाका भलिबल खेलाडी, विभिन्न क्लबहरु, संघ सस्थाहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ ।
खेलमा प्रथम हुनेलाई नगद रु ५० हजार, दोस्रोलाई २५ हजार, तेस्रो १५ हजार, सान्तवना पुरस्कार ७ हजार ५ सय रहेको छ भने प्रोतियोगिता भाग लिनेले पौष ११ गते सम्म टिम दर्ता गर्नु पर्ने र टिम दर्ताका लागी रु ३ हजार लाग्ने आयोजक क्लबका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिनु भयो ।









