2026 May 02/ 11:44: 26pm

    बनेपा/नेपाल आदिवासी जनजाति महासंघ काभ्रेको पाँचौ जिल्ला अधिबेशन विहिबार सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । इन्द्र थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । 
    अधिबेशनको उद्घाटन संगठनका केन्द्रिय कोषाध्यक्ष अमरध्वज तामाङले आदिबासी जनजातिहरुको साझा संगठन मार्फत दक्षता, क्षमता र सांगठिन हुने अवसरलाई संगठनले अघि बढाउनु् पर्ने बताउनु भयो । अध्यक्ष शिशिर दोङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, बागमति प्रदेश इन्चार्ज समिर बलामी, बागमती प्रदेश अध्यक्ष पेमा लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका पूर्व जिल्ला अध्यक्ष उजाड रक्तिम, समन्वय परिषद्का अध्यक्ष बबाल सारु मगर, प्रेस चौतारीका केन्द्रिय नेताहरु हिरामान लामा र नवराज बजगाई, प्रेस सेन्टरका केन्द्रिय सदस्य डिलबहादुर थोकर, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, युनियनका अध्यक्ष कपिल कोईराला, प्रेस सेन्टरका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार संघका अध्यक्ष केशवराज पौडेल, समाजबादी प्रेस संगठनका बुद्धकुमार श्रेष्ठ, तामाङ पत्रकारका अञ्जली तामाङ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सचिव इन्द्र थापाको संचालन र जगत दोङ्गको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । 
    समितिमा उपाध्यक्ष काजल तामाङ, सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष कृष्णबहादुर घिसिङ्ग, सह सचिव सनम सुवाल रहेका छन् ।