2026 May 02/ 04:46: 33pm

बनेपा/बनेपा नगरपालिकाको सहयोगमा सोन्दर्यकला ब्यबसायी संघ काभ्रेको आयोजनामा ३१ दिने आधारभुत ब्युटिसियन तालिमको समापन भएको छ । 
तालिम समापन पश्चात कार्यक्रमका प्रमुख अतिथी तथा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । बादेले तालिम लिने मात्रै होईन तालिममा सिकेका सिप उपयोग गरि ब्यबसायीक बन्न सुझाव दिनुभयो । नगरपालिकाले आधारभुत तालिम सँगै एड्भान्स तालिमको समेत प्रदान गर्छ तर तपाईहरुले आफु आत्मनिरर्भर बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले सिलाई, ब्युटिसियन, बुनाई, कौसी खेती, मिठाई, अचार बनाउनु लगायतका थुप्रै तालिमहरु प्रदान गरेको बताउनु भयो । सिप सिकेपछि प्रयोमा ल्याउन समेत उप–प्रमुख दाहालले आग्रह गर्नु भएको थियो । तालिम लिने तर विचैमा छाडेर जानु भयो भने तालिमको उद्देश्य पूरा नहुने समेत दाहालले बताउनु भयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बाहिरी सिङ्गार मात्र नहुने भएकाले महिलाको बानी ब्यहोरा, डे«स लगायत सबै सजावट हुनुपर्ने बताउनु भयो । नारीहरुको सौन्दर्य भनेको उसको असर ब्यबहार भएकाले असली ज्ञान नै आफ्नो सुन्दरता भएको बताउनु भयो । कार्यक्रममा महिला शाखा अधिकृत बिजया सुवेदी, सजिना थापा लगायतले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य सौन्दर्यकला ब्यबसायी संघकी काभ्रेकी सचिव सुलोचना तिमल्सिनाले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष शोभा नर्कमीले गर्नु भएको थियो ।