2026 May 02/ 04:46: 35pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा वडा नम्बर ६ बुडोलमा लैंगिक हिंसा तथा महिला कानुनी अधिकार सम्बन्धि सचेतना अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बादेले नगरपालिकाले कुनै वर्गमाथि पनि हिंसा नगरेको बताउनु भयो । बजेट विनियोजन गर्दा होस, कार्यक्रम बनाउदा समेत पक्षपात नगरेको बताउनु भयो । हामीले आफैंबाट शुरु गर्नुपर्छ हिंसा रोकथामका लागि बादेले भन्नुभयो । अहिले आफ्नै परिवारबाट समेत बालबालिकाहरु असुरक्षित भएकाले पहिला सोच बदल्नुपर्ने बादेले बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा उप–प्रमुख रेखा सापकोटा दाहालले संविधानले नै महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिएको बताउनु भयो । महिलाहरुका लागी नगरपालिकाले धेरै किसिमका सिपमूलक तालिमहरु प्रदान गरेको बताउनु भयो । अहिले राज्यका सबै क्षेत्रमा महिलाहरुको सिट सुनिश्चत गरेकाले आफु पनि सक्षम र नेतृत्व लिन सक्ने बन्नुपर्ने दाहालले बताउनु भयो । महिलाहरुलाई वडा स्तरदेखी नै राजनीति क्षेत्रमा समेटिनु पर्ने बताउनु भयो । कार्यक्रममा शिक्षाप्रेमी एवं समाजसेवी रत्नकुश रंजित, समाजसेवी कृष्णप्रसाद तिमल्सिना, कार्यपालिका सदस्यहरु, नगरपालिकाका महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिजया सुवेदी महिला बिकास निरीक्षक निर्मला कार्की, नेकपा एमाले बनेपा वडा नम्बर ६ का संयोजक राजेन्द्र थापा, प्रेमनाथ कोईराला लगायतका ब्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कार्यपालिका सदस्य रजनी वैदारको अध्यक्षतामा संचालन भएको थियोे । कार्यक्रममा वडाबासी महिला दिदी बहिनीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।