2026 May 02/ 04:46: 51pm

बनेपा/स्वार्थ भन्दा माथि सम्बन्ध हुन्छ र सम्बन्ध भन्दा माथि सेवा हुन्छ भन्ने भावना सहित रोटरी क्लब अफ काभ्रे भ्यालीको पदस्थापना भाद्र १९ गते सम्पन्न भएको छ । रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । 
    कार्यक्रममा एसिस्टेन्ट गभर्नर शशी सत्याल, न्यू क्लब एड्भाईजर कौशल दास, डिस्ट्रिक्ट मेम्बरसिप चियर सुशील रिजाल तथा रोटरी क्लब अफ बालाजुका अध्यक्ष रमेश प्रधान, बनेपा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बलाराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, कान्तिपुर टिभिका सह–सम्पादक रमा दाहाल, चेष्टा साप्ताहिकका लक्ष्मण तिमल्सिना लगायत रोटरी क्लब संग आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । क्लबका पब्लिक ईमेज चियर सरिता सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष अनुप कुमार श्रेष्ठले आगामी दिनमा आफ्नो स्वार्थ भन्दा माथि उठेर काभ्रे जिल्ला भरी स्वास्थ्य, शिक्षा, कृषि, तथा वातावरणीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने बताउनु भएको थियो । क्लबलाई विभिन्न देश विदेशका विभिन्न क्लब तथा रोटरियनहरुले सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो । कार्यक्रममा रोटरी क्लबका भ्यालीका सचिव अशोक पाण्डेले स्वागत तथा पे्रसिडेन्ट नोमिनी रिकेश कायस्थले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
    कार्यक्रममा रोटरी क्लब अफ काभ्रे भ्यालीले अहिले सम्म गरेका काम र आगामी दिनमा गर्ने कार्य योजनाबारे समेत प्रस्तुत गरिएको थियो भने रोटरी क्लब अफ काभ्रे भ्याली संस्थापक सदस्य तथा साधारण सदस्यहरुलाई रोटरीको पिन र प्रमाण–पत्र वितरण गरिएको थियो । रोटरी क्लब काभ्रे भ्यालीले स्थापना अगावै विभिन्न सामाजिक तथा वातावरणीय कार्यहरु गरेकोमा रोटरियन महानुभावहरूले प्रशंसा तथा सफलताको शुभकामना साथसाथै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।