2026 May 02/ 04:46: 52pm

अध्यक्षमा पुनः कृष्ण भण्डारी
    बनेपा/जनता समाजवादी पार्टी काभ्रेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण एवं जिल्ला पार्टी समायोजन कार्यक्रम पार्टी केन्द्रको कार्यकारीणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रम पार्टी केन्द्रको कार्यकारीणी समिति सद्स्यहरू गंगा नारायण श्रेष्ठको विषेश आथिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य एवं तामसालिङ राष्ट्रिय परिषदका इन्चार्ज रविन्द्र थिङ, केन्द्रिय सदस्य एवं ३ नं प्रदेशका सह इन्चार्ज तथा काभ्रे जिल्लाका अभियान संयोजक अकल बहादुर थीङ ,३ नं प्रदेशका सह इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बन्दना सुवेदी, पार्टीका केन्द्रिय सदस्य होमकुमारी दोङ, पार्टीका केन्द्रिय निकाय सदस्य इन्द्र बहादुर गोले तामाङको साथै कभ्रेबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रिय परिषद सदस्यहरूको आथिथ्यता तथा जिल्ला संयोजन समिति काभ्रेका अध्यक्ष कृष्ण भण्डारी ( शिशिर) को अध्यक्षतामा सम्पन्न भएको थियो । 
    कार्यक्रममा पूर्व सममजवादी पार्टीका ९९ जना, पूर्व राजपा तर्फबाट ५० जना, एकिकृत माक्सवादी पार्टीबाट १३ जना नेपाली कांग्रेसबाट आएका ४ जना र अन्य जनमुक्ति लोकतान्त्रिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीका समेत गरी १ सय ९९ जनाको जिल्ला समन्वय समिति गठन भएको छ । जसको अध्यक्ष शिशिर भण्डारी अध्यक्ष रहेका छन  । कार्यक्रमा जिल्लाका १३ वटै पालिकाका पालिका कमिटीको अध्यक्षको संयोजकत्वमा ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गर्ने  निर्णय गरेको छ ।