2026 May 02/ 04:46: 50pm

    धुलिखेल/धुलिखेल नगरपालिका र मानविय सेवामा सर्मपित रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा धुलिखेल बसपार्क तथा सरस्वती बजारमा डिजिटल सूचना बोर्डको जडान गरिएको छ । 
नगर प्रमुख अशोककुमार ब्याञ्जु तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका, रोटरी वर्ष २०२१–२२ का गभर्नर रोटरियन सन्तोषप्रसाद रिजालबाट संयुक्त उद्घाटन गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रतिनिधि तथा डिस्ट्रिक्ट अफिसियल एव क्लबका अध्यक्ष जयबहादुर राई लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
    उक्त बोर्डले धुलिखेल हुदै पुर्वी तराई बर्दिबास तथा तातोपानी नाका मितेरी पुल जाने यात्रुहरु तथा यस धुलिखेल नगरीमा आउनु हुने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सूचना मूलक पथ प्रदर्शन गर्न सहयोग पुग्ने क्लवका अध्यक्ष्य राईले जानकारी गराउनु भयो ।