बनेपा/सक्षम बचता तथा ऋण सहकारी संस्था लि.को २७ आंै स्थापना दिवस पराष्ट्रविद् हिरण्य लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले साकोसद्वारा प्रकाशित बनेपाको ईतिहास चाडपर्व सम्बन्धि ज्ञानकाजी मानन्धरद्धारा लिखित बनेपा ‘स्तवन’ पुस्तकको विमोचन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार, कलाकार एवं संगितकार भुषण भोमी श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमका विशेष अतिथी सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीले आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा काम गरेकोमा संस्थाको प्रशंसा गर्नु भएको थियो । पुस्तकका लेखक ज्ञानकाजी मानन्धरले ज्ञानबद्र्धक बनेपा–स्तवनको प्रथम प्रकाशन चाँडै विक्री भएकोमा दोसा्रे प्रकाशन गरिदिएकोमा संस्थालाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा सुब्बा, साहित्यकार मोहन दुवाल, संस्थापक संचालक मणिराज श्रेष्ठल लगायतका ब्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ओमप्रसाद मानन्धरले राख्नु भएको थियो भने संचालन भवानी जोशीले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो









