2026 May 02/ 03:52: 26pm

सिनागाल/बनेपा नगरपालिका वडा नम्बर ११ तथा  सिनागाल सामुदायीक सहकारी संस्थालिको सयुक्त साझेदारीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । 
 कार्यक्रममा प्रमुख अतिथी बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिकाले ४ वर्षमा २ हजार कृषकहरुलाई कृषि औजार वितरण गरेको बताउनुु भयो । कृषकहरुको आय स्तर उकासी प्रविधि अनुसारको कृषि गर्न समेत आग्रह गर्नु भएको थियो ।  अहिले सम्म नगरले मात्रै वितरण गरेकोमा वडाले समेत कृषिऔजार वितरण गरेकोमा धन्यबाद दिनु भएको थियो । वडाले जनताका स–सना समस्याहरु समस्याहरुमा समेत साथ दिएको र आँगनको सरकार भनेको नै वडा भएको वादेले बताउनु भयो । नगरले नगरबासीहरुको स्वास्थ्य, शिक्षा, खेलकुद खानेपानि, पर्यटन लगाएतका विकासका आयोजना सम्पन्न गरेको बताउनुु भयो । हामिले निर्वाचनमा प्रतिबद्धता गरेका ९० प्रतिशत काम सम्पन्न गरेको वाकि क्रमिक रुपमा बन्दै गरेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि उप प्रमख रेखा सापकोटा दाहालले नरपालिकाले नरबासीहरुको आय स्तर उकास्नका लागी विभिन्न शिपमुलक तालिम प्रदान गरेको बताउनु भयो । महिला हरुको नेतृत्व विकासका लागी तालिम, कौशि खेती, सवारी चालक तालिम, विभिन्न् अचारका परिकार बनाउने तालिम, मिठाई बनाउने, सिलाई बुनाई, ब्युटिपार्लर तालिम प्रदान गरिएको बताउनु भयो । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष शिब कुमार थापाले वडाको विकासका लागी कुनै कशुर बाँकि नराखेको बताउनु भयो । वडा बासीहरुको लागी विकास सगै कृषि, स्वास्थ्य, पर्यटन, धार्मिक शिक्षा क्षेत्रमा काम गरेको बताउनु भयो । थापाले कुनै पनि विकास लगाएतका नयाँ योजना भएमा वडामा आई राख्न र वडाले सक्ने वडाले गर्ने नसके नगरपालिका बाट गर्ने प्रतिद्धता बयक्त गर्नु भएको छ । कार्यक्रममा  सिनागाल सामुदायीक साकोसका अध्यक्ष जयराम गिरीले सामाजिक दायित्व अन्र्तगत सहकारीले वडाका कृषकहरुलाई सहयोग गरेको बताउनु भयो । सदस्यहरु बाहेक पनि सहकारीले सहयोग गर्ने वताउनु भयो । सहकारीले सदस्यहरुलाई विभिन्न शिर्षकहरुमा सहयोग गर्दे आएको, सामाजिक क्षेत्र अन्र्तगत रक्तदान, स्वास्थ्य शिबिर लगाएतका कार्यहरु गर्दे आएका गिरिले बताउनु भयो । कार्यक्रममा वडाले २५ प्रतिशत, सहकारीले २५ प्रतिशत र कृषकले ५० प्रतिशत साझेदारीमा वितरण हाते ट्रयाक्टर वितरण गरिएको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य लिला थापाले गर्नू भएको थियो ।