2026 May 02/ 03:33: 50pm

       काभ्रे∕नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूकोमकरको कथा नामक बालचित्रकथा प्रकाशित भएको छ । बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यान माआधारित रहेको छ । कथामा चित्र प्रकाश रंजितको रहेको छ । 
नेपाली साहित्यका कविता, निबन्ध, हाइकु, नियात्रा, कथ अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरुको मेला, पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्वर्षे मकरमेला, स्मृतिका आलेखहरु प्रेरणाको चौतारी,  गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरु, घामको चुम्वन, अक्षरका स्वरहरु, सुसेली , यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन गरी करिव दुई दर्जन भन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् ।