2026 May 02/ 03:33: 49pm

    बनेपा/बनेपा नगरपालिकाले भुमिहीन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबास ब्यवस्थापनका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको सहकार्यमा नगरका भूमिविहिन नागरिकहरुलाई जग्गा ब्यवस्थापन गरी घर निर्माणका लागि सहजिकरण कार्यक्रमको आयोजना गरेको छ । 
    बनेपा नगरपालिकाको आयोजना भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेको समन्वयमा आयोजित भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरका सबै वडामा फारम लिन सुरु गरिएको बताउनु भयो । नगरपालिका भित्र रहेका हरेक नागरिकहरुलाई बसोबासको ब्यवस्थापन मिलाउने गरी वडास्तरबाट संकलन शुरु गरिएको बादेले बताउनु भयो । आयोगले साउन १ गते ३५ दिने सूचना प्रकाशन गरी वडा कार्यालयमा आयोगले तोकेको ढाँचा बमोजिमको निवेदन फाराम भरी बुझाउन अनुरोध गरेको छ । आयोगका जिल्ला विज्ञ जेन लामाले जिल्लाका सबै पालिकाहरुमा उक्त कार्यक्रम शुरु भईसकेकाले सबै भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरुले वडा कार्यालय मार्फत निवेदन दिन अनुरोध गरेको बताउनु भयो । आयोगले वितरण गरेको फारम भरेपछि वडा समितीको सिफारीस र पालिकाहरुको निर्णयका आधारमा आयोगले निर्णणय गर्ने जेनीस लामाले बताउनु भयो । सहजीकरण कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, आयोगका केन्द्रिय सदस्य तथा वागमती प्रदेश प्रमुख केशब देवकोटा, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सचिब, वडा सचिव लगायतको सहभागिता रहेको थियो ।