2026 May 02/ 02:41: 56pm

महामारीमा पनि खोजी तथा उद्धारमा सक्रियता
    धुलिखेल/कोभिड–१९ को दोस्रो संक्रमण नेपालमा पनि तिब्र रुपमा फैलिएर महामारीको रुप लिईरहेको र यस काभ्रेपलाञ्चोक जिल्लामा पनि संक्रमण तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारको निर्णय बमोजिम जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले जिल्लामा निषेधआदेश जारी गरेको अवस्था र सम्बन्धित स्थानीय तहहरुले पनि निषेध आदेश जारी एवं केही स्थानीय तहहरुले वडाहरु शिल गरिरहेको अवस्थामा मलेसिया तथा विभिन्न खाडी मुलुकमा कार्यरत आप्रवासी कामदारहरु र तिनका परिवारहरुलाई महामारीको असरको चपेटामा परेको बेला बैदेशिक रोजगारको क्रममा समस्यामा परेका व्यक्तिको खोजी तथा उद्धारको सहजीकरणको कार्य गरिरहेको छ । 
    विभिन्न समस्याहरु आई पर्न सक्ने कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको समन्वयमा संचालित आप्रवासी श्रोत केन्द्र नियमित भौतिक रुपमा उपस्थित भई एवं टेलिफोन मार्फत सेवा प्रवाह भईरहेको छ । सामी परियोजना लागू भएको ४ वटा स्थानीय तहहरुमा मनोसामाजिक परामर्शकर्ता मार्फत टेलिफोनको माध्यमबाट मनोबैज्ञानिक प्राथमिक सहयोग एवं मनोसामाजिक परामर्श सेवा प्रदान भईरहेको छ । कोभिड–१९ को सम्भावित संक्रमितहरुको स्वाव संकलन गरी पिसिआर जाँच गर्दा पोजेटिभ नतिजा आई अस्पताल आइसोलेसनमा उपचाररत, स्थानीय तहहरुले व्यवस्थापन गरेको आइसोलेसनमा रहेका, होम आइसोलेसनमा रहेका व्यक्तिहरु तथा तिनका परिवारका सदस्यहरुलाई पनि सामी परियोजना अन्तर्गतको मनोसामाजिक परामर्शकर्ताहरुले आवश्यकताको आधारमा टेलिफोनको माध्यमबाट मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेका छन् । 
    थप ब्यक्तिहरुलाई उक्त सेवा आवश्यक भए सामी परियोजनाको मनोसामाजिक परामर्शकर्ताहरुसँग सम्पर्क गरी परामर्श सेवा लिन सकिने छ । सोहि ब्यहोरा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराईएको छ ।