बनेपा/बनेपाका यूवा ब्यबसायी तथा नेकपा एमालेका नेता समाजसेवी रत्नकुश रञ्जीतले बनेपा तथा आसपासका क्षेत्रमा कोभिड १९ का कारण गुजारा गर्न कठिन अवस्थाका ब्यक्ति तथा परिवारका सदस्यहरुलाई राहत वितरण गर्नु भएको छ ।
राहत वितरण सँगै विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण समेत गर्नु भएको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ३ मा १ हजार पिस माक्स, साबुन, लगातका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । रञ्जीतले सामाजिक दायित्व र आफ्नो कर्तब्य अनुसार उक्त कार्य गरेको बताउनु भयो । यो महामारीमा कोहि ब्यक्ति गुजारा टार्न र अन्य कुनै पनि कुराले समस्यामा परेको छ भने आफुलाई सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ । रञ्जीतले यसअघि बनेपा नगरपालिकाले सञ्चालन गरेको आईशोलेसनमा बेड, विभिन्न सघं संस्थाहरुलाई नगद सहयोग र राहत वितरण गर्दे आउनु भएको छ भने विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आउनु भएको छ ।









