2026 May 02/ 01:27: 22pm

    कोशिपारी/माईती नेपाल काभ्रेले चौरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 
     माईति नेपाल काभ्रेकी प्रमुख गायत्री गौतमले गाउँपालिका उपप्रमुख तारा कुमारी गौतमलाई विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागी १ हजार थान माक्स, १ सय ४० थान सेनिटाईजर, साबुन, ग्लोब्स हस्तान्तरण गरेको बताउनु भयो । संस्थाले सामाजिक दायित्व अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको गौतमले बताउनु भयो । संस्थाले संक्रमणको चपेटामा हुन सक्ने महिला हिंसाका घटनामा सचेतना अपनाउन अनुरोध गरेको छ । यसअघि पनि महिला हिंसा विरुद्धको अभियानमा संस्थाले निरन्तर कार्य गरेको उहाँले बताउनु भयो ।