2026 May 02/ 12:56: 03pm

    बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.बनेपा ७ काभ्रेको २० औ स्थापना दिवसको उपलक्ष्यमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजमा सहयोग गरेको छ । 
    आश्रित बाल, बृद्धबृद्धा तथा युवा गरी ३० जना असहायहरुको सहयोगार्थ खाना पकाउने ग्याँस, १० लि.को प्रेशर कुकर, खाने तेल, मरमसला, साबुन, सरसफाई गर्ने मग, मास्क, स्यानीटाईजर, डोर म्याट आदि सामान यस संस्थाका संचालक समितिका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तानतरण गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले उक्त संस्थालाई हरबखत सहयोग गरिरहने बचन दिनु भएको थियो । उक्त सामान बितरण कार्यक्रममा उपस्थित संस्थाका कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी, संचालक सदस्यहरु डा.विद्या कोख श्रेष्ठ प्रधानाङ्ग, दिब्य लाखे पोटे, लेखा सुपरिबेक्षण समितिका सदस्य सुधिर पलाञ्चोके, कार्यकारी प्रमुख कृष्णभक्त थापा तथा उपप्रबन्धक लिनोज पोटेले शुभकाना ब्यक्त गर्नु भएको थियो ।