बनेपा/ बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको जगन्नाथ मन्दिरको उद्घाटन र जगन्नाथ पुरीको मूर्ति स्थापना गरिएको छ ।
वडा अध्यक्ष बर्ण शाक्यले उक्त मन्दिरको उद्घाटन गर्नु भएको थियो । शाक्यले विकास निर्माणमा धार्मिक, साँस्कृतिक, सडक, शिक्षा स्वास्थय लगाएतका सबै क्षेत्रलाई समेटीएको अध्यक्ष शाक्यले बताउनु भयो । वडाको आर्थिक सहयोग र स्थानीय उपभोक्ताको समन्वयमा अलपत्र अबस्थामा रहेको जगन्नाथ मन्दिर निर्माण गरी मूर्ति समेत स्थापना गरिएको शाक्यले बताउनु भयो । धर्म र संस्कृतिको संरक्षण र जगेर्ना गरीएको, स्थानीय उपभोक्ता सहभागितामा विकासका कामहरु सम्पन्न हुने उहाँले बताउनु भयो । सबै उपभोक्तहरु जवाफदेहि भएमा मात्र विकासका कामहरुले पुर्णता पाउने भएकाले वडा र नगरले छुट्टाएको बजेटमा सहजीकरण गर्न उहाँले आग्रह गर्नु भयो । वडामा आफु निर्वाचित भए पछि सम्पुर्ण सडक कालोपत्रे सम्पन्न भएको र बाँकी आफ्नो कार्यकालमा सम्पन्न हुने समेत शाक्यले बताउनु भयो । निर्वाचनका समयमा गरेका बाचाहरु पुरा भएको समेत शाक्यले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा सदस्य अनिल भैल, वडा सचिबहरु स्थानीय उपभोक्ता समितीका पधादिकारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष सुजन रायमाझीको सभापतित्वमा सम्पन्न भएको थियो ।









