धुलिखेल/प्रहरीले बैशाख १३ गते सामेबार धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रेभञ्ज्याङ्ग स्थित बि.पि. राजमार्ग सडक खण्डमा बिभिन्न सवारी साधन तथा हिडडुल गर्ने क्रममा शंका लागेका ब्यक्तिहरु चेकजाँच गर्ने क्रममा एक ब्यक्ति संरक्षित जिउँदो उल्लु चरा सहित पक्राउ परेका छन् ।
भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेका ब्यक्ति हिड्दै आईरहेका बेला पक्राउ परेका हुन् । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नम्वर २ भिरकोट बस्ने ३४ बर्षिय केशर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनले लुकाई छिपाई ल्याएको संरक्षित जिउँदो उल्लु प्रजातिको जस्तो देखिने चरो बरामद गरी कानुन अनुसार कारवाही शुरु गरिएको डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।









