2026 May 02/ 01:25: 44pm

    बनेपा/नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काभ्रे शाखाको २६ औं जिल्ला अधिबेशन तथा जिल्ला सभाबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन भएको छ ।
 पदस्थापना कार्यक्रममा प्रतिष्ठानका सभापति अशोककुमार श्रेष्ठ, निबर्तमान सभापति हरिभक्त भोछिभोया, उपसभापति ग्रोवेन तौजले, उप सभापति टीकाभक्त भोछिभोया, सचिव सिद्धिबहादुर कर्माचार्य, सह सचिव सत्यनारायण श्रेष्ठ, कोषाध्यक्ष सुश्री रामप्यारी श्रेष्ठ, सह कोषाध्यक्ष हरिशरण श्रेष्ठ र सदस्यहरु नवराज मानन्धर, निर्मला कायष्थ, महेन्द्र जोशी, कमला कर्माचार्य र सर्वश्री अधिकारी रहनु भएको छ । उक्त  समारोहमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको विधान २०४५ (संशोधन २०७६ सहित) परिच्छेद–४, धारा ४.२ उपधारा (घ) बमोजिम श्रीमती सरिता शाक्य, बिठ्ठल सिकु श्रेष्ठ र रुवेन खड्कात्रयलाई मनोनित गरिएको जनाएको छ । 
    कार्यक्रममा २६ औं जिल्ला अधिबेशन तथा जिल्ला सभाको समिक्षा, नियमित संचालन गर्दै आएको हर्ट क्लिनिक संचालन बारे छलफल भएको थियो । कार्यक्रम प्रतिष्ठानका सभापति अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।