2026 May 02/ 12:56: 01pm

बनेपा/काभ्रे इलेक्ट्रोनिक्स एशोसियन संघको कार्यालय उद्घाटन काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले एक कार्यक्रमका विच गर्नु भएको छ । 
 पसछेंले भरखरै निर्वाचित टिमले सम्पूर्ण ब्यबसायीहरुको हक हितमा काम गर्ने बताउनु भयो । ब्यबसायीहरुका समस्या र कोरोनाले ब्यवसायीहरुमा परेको समस्यालाई उद्योग बाणिज्य संघले सम्बोधन गर्ने पसछेंले बताउनु भयो । कार्यक्रममा एशोसियन संघका सचिव कमल अधिकारीले ईलेक्ट्रोसियन ब्यबसायीहरुलाई  सिपमुलक तालिम प्रदान गर्ने, पसलहरुको विमा गरिदिने र ब्यबसायीहरुको हकहितमा काम गर्ने बताउनु भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य सघंका महासचिब कैलाश पलाञ्चोके, सचिब रविन्द्र बैदार, सदस्य शान्ति रत्न शाक्य, प्रभु इन्सोरेन्स बनेपा शाखा प्रमुख शर्मिला मल्ली, सहयोगी रोजगार केन्द्रकी प्रबन्धक जुना केसी लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा नरेशराज कायस्थको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्ष आशिकराज कायस्थ, सचिव कमल अधिकारी, कोषाध्यक्ष रमेशप्रसाद सापकोटा र सदस्यहरुमा रामेश्वर आचार्य, सरोज तामाङ, मनोज कुँवर, नवराज चौंलागाई र कुमार पुलामी रहेका छन् । कार्यक्रममा संघको २०७८ सालको  क्यालेण्डर विमोचन गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष नरेशराज कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।