2026 May 02/ 12:35: 59pm

    बनेपा/महिला सरोकार समुह बनेपा र सौन्दर्यकला ब्यवसायी संघ बनेपाको संयुक्त आयोजनामा लैङ्गिक हिंसा एवं महिला अधिकार सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजमा भईरहेको विभेद तथा महिलाहरुको क्षमता बृद्धिका लागि सकरात्मक सोच आवश्यक रहेको निश्कर्ष निकालिएको थियो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमल्सिनाले राज्यले प्रदान गरेको अधिकारको सदुपयोग गर्दै महिलाहरुको हितमा लाग्न, भएका कानुनहरुलाई अझै ब्यवहारीक बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । महिला सरोकार समुहकी अध्यक्ष शारदा घिमिरे भैल, सौन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष शोभा नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सौन्दर्यकला ब्यवसायी संघका संस्थापक सुनिता सागर, केन्द्रिय सदस्य लक्ष्मी श्रेष्ठ, मानव कल्याण समाजका केन्द्रिय कोषाध्यक्ष सुर्दशन जोशी, सदस्य सुशिला चौलागाई, हसंदा योग आश्रमका अध्यक्ष ऋषि पञ्चशिल, पत्रकार रेणुका भट्टराई, महिला सरोकार समुहका पदाधिकारीहरु उपाध्यक्ष विनुता पाल्पाली, सचिव सम्झना खतिवडा लगायतले लैङ्गिक हिंसाका बारेमा धारणा राखेका थिए । दुबै संस्थाहरु महिलाहरुको क्षेत्रमा सक्रिय काम गर्ने संस्थाका रुपमा चिनिएका छन् ।