पनौती/पनौती त्रिवेण धाम सरसफाई संघको प्रथम साधारण सभा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले आगामी मकर मेलालाई ध्यानमा राखी सम्पुर्ण संघ संस्था र नगरपालिका सहकार्य गरी ब्यबस्थापनामा लाग्नु पर्ने बताउनु भयो । नगर सफाई राख्नु सम्पुर्ण नगरबासीको दायत्वि रहेको र त्यसलाई नगरपालिकाले संयोजन गर्ने न्यौपानेले बताउनु भयो । न्यौपानेले आगामी मकर मेलालाई ध्यानमा राखी करिडोर निर्माण, बजार व्यबस्थापन, सरसफाई अभियान शुरु गरिसकेको बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापा, वडा नम्बर ६ का वडा अध्यक्ष सुधिर सापकोटा वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी, वडा नम्बर ९ का वडा अध्यक्ष सहकुल हुमागाई, वडा सदस्य पुरुषोत्तम श्रेष्ठ, जीवन रघु श्रेष्ठ साहित्यकार तुयुकाजी ताम्राकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक गतिविध सचिब सुभद«ा जंगमले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मच्छेमाया जंगमको सभापतित्वमा र गीता दाहाल तिमल्सिनाले सञ्चालन गर्नु भएको धार्मिक पत्रकार विकुनारायण ताम्राकारले बताउनु भयो ।









