2026 May 02/ 10:18: 08am

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । कार्यक्रममा कक्षा १२, र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्वारा विद्यार्थीहरुलाई टिका र खादा प्रदान गर्नु भएको थियो । प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आउनु भएका नव आगन्तुक विद्यार्थी बहिनीहरुलाई हार्दिक स्वागत तथा कक्षा १२ र एस.ई.ई परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै, उज्वल भविष्यको शुभकामना दिनु भएको थियो । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरुलाई बधाई साथै सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तीका लागि यस संस्थाबाट हर हमेसा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै स्वागत तथा बिदाई कार्यक्रम औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । 
    कार्यक्रमको दोस्रो चरणमा विविध साँस्कृतिक कार्यक्रमका साथ साथै भब्य डान्स पार्टी राखिएको थियो । यस्तो किसिमको कार्यक्रमबाट विद्यार्थी भाईबहिनी भई अब्बल पढाईका साथ साथै विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएकोमा उच्च शिक्षाको लागि ज्ञानकुञ्ज नै छनोट गरेकोमा सहि निर्णय गरेको भन्ने विद्यार्थीहरुको प्रतिक्रिया रहेको भन्ने बुझिन्छ ।