नाला/सामुदायिक बचत तथा ऋण सहकारी संस्थालिको आयोजना, रेयुकाई एई मासुनगा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र बनेपा नगरपालिका वडा नं ४ को सहकार्यमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
२०५१ सालमा स्थापना भइ निरन्तर समुदायमा आधारित सदस्य लक्षित सेवामा समर्पित रहेकोउक्त संस्थाले काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्ला सहित ४ जिल्ला कार्यक्षेत्र भित्रका २७हजार ५सय भन्दा बढि सदस्यहरुलाई प्रत्यक्ष रुपमा सहकारी वित्तिय सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले वताउनु भयो । संस्थाले सामाजिक उत्तरदायित्वको बहन गर्दै समुदायमा अधरित सामाजिक कार्य अन्तर्गत बनेपा सेवा केन्द्रको आयोजनामा गरेको कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो । कार्यक्रममा दाहालले सामुदायिकले बचत तथा ऋणका सेवा मात्र नभइ समुदाय लक्षित सामाजिक कार्यका मध्यमवाट समुदायमा उदाहरणिय योगदान गरेको बताउनु भयो । संस्थाले कुनै विभेद विना सदस्य मात्र नभइ समुदायलाई नै लक्षित गरि सञ्चालन गरेको यस शिविरको पूर्ण सदुपयोग गर्नु गर्नु पर्ने , महिला सशक्तिकरण र युवा लक्षित कार्यक्रममा संस्था संग बनेपा नगरपालिका समन्वयका लागी तत्पर रहेको बताउनु भयो । नगरपालिकाले नगरबासीहरको लागी निशुल्क मोतिविन्दु भएका आँखाका विरामीहरको उपचार समेत गराई रहेको बताउनु भयो । विगत २ वर्ष देखी नगर भित्रका सबै आँखाका विरामीहरुको निशुल्क उपचार गराउदै आएको दाहालले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, चण्डेश्वरी माविका राजेन्द्र प्रसाद बज्राचार्य , नाला स्वास्थ्य चौकि प्रमुख राजकुमार काफ्ले, संस्थाका सचिव मुकुन्द शर्मा, शिक्षा समिति संयोजक मुकुन्द अर्याल , बनेपा सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति सदस्य द्धारिका न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापति एवं वनेपा सेवा केन्द्र सञ्चलन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति विष्टले संस्थाले प्रदान गरिरहेका वस्तु तथा सेवाको चर्चा गर्नुहुँदै सामुदायिक सहकारी वित्तिय सेवामा मात्र नभै समुदायका हितका सामाजिक कार्यमा पनि अग्रणि रहेको उल्लेख गर्नु भएको थियो ।
शिबिरमा रेयुकाई एईको मासुनागा अस्पताल बनेपाका डा. रमेश श्रेष्ठ र सिमा पौडेलले आँखा जाँच गरि आवश्यकता अनुरुप चस्मा र औषधि वितरण गर्नु भएको थियो । आँखा शिविरमा २३४ जनाले आँखा जाँच गराउनु भएको थियो भने सञ्चालित कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन तथा ब्यवस्थापनमा मुख्य कार्यालय लगायत सेवाकेन्द्रका कर्मचारी को महत्वपूर्ण भुमिका रहेको थियो ।









