2026 May 02/ 09:21: 40am

    धुलिखेल/बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले प्रदेश भित्र रहेका १३ जिल्लाका २५ पत्रकारहरुलाई धुलिखेलमा शुक्रबार देखि पाँच दिने मल्टिमिडिया तथा अनलाईन पत्रकारिता तालिम शुरु गरेको छ । तालिमको उद्घाटन बागमती प्रदेश सभा उपसभामुख राधिका तामाङले गर्नु भएको थियो । 
    तालिमको उद्घाटन गर्दै उपसभामुख तामाङले नेपालमा कपि पेस्ट पत्रकारिता शुरु भएको बताउँदै पत्रकारहरुले सत्यतथ्य र निश्पक्ष समाचार दिनु पर्ने कुरामा जोड दिनु भयो । रजिस्टार रेवती सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले स्वागत गर्नु भएको थियो । शब्द, तस्विर, ध्वनी, ग्राफिक्स, भिडियो संयोजन एक्लैले गरी वान म्यान आर्मी बन्नु पर्ने अध्यक्ष तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सरकार अन्र्तगत प्रेस रजिस्टारको कार्यालयले गरिरहेका गतिविधिका बारेमा रजिस्टार सापकोटाले जानकारी गराउनु भएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमले संचालन गर्नु भएको थियो ।