बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लिले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।
गत मंगलबार आगामी शुक्रबार सम्म सञ्चालन भइरहेको तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति तथा कर्मचारी गरी २२ जना सहभागी रहेका छन् । तालिममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. को प्रविधिक सहयोग रहेको छ । तालिममा नेफ्स्कूनका भूतपूर्व सञ्चालक इन्द्रराज ज्योति पौडेल प्रमुख प्रशिक्षक रहनु भएको छ । संस्थाको विकास तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले उक्त क्षमताको तालिमको आयोजना गरिएको संस्थाका व्यवस्थापक निश्चल सापकोटाले दिनुभयो । युवा साकोस विगत दुई दशकदेखि बनेपामा सञ्चालित समुदायमा आधारित सहकारी हो । साकोसले विभिन्न किसिमका सामाजिक कार्यक्रम र सदस्यहितका लागी कार्य गर्दै आइरहेको छ । साकोसको पनौतस् सेवा केन्द्रले गत शनिबार पनौती वसपार्कमा सामाजिक दायित्व अन्र्तगत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ३५ जनाले रक्तदान गर्नु भएको थियो ।









