2026 May 02/ 08:24: 39am

नाला/श्रृष्टिकान्त आधारभुत विद्यालयको दोश्रो वार्षिक उत्सब तथा अभिभावक भेला बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथी बादेले शिक्षामा शैक्षिक स्तर उकास्नका लागी विद्यालय, अभिभावक शिक्षक र विद्यार्थी लाग्नुपर्ने बताउनु भयो । सरकारले शिक्षामा सबैभन्दा ठुलो लगानी गरेकाले शिक्षाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनु भयो । नगरपालिकाले बालबालिकाहरुका लागी कक्षा ५ सम्म निःशुल्क दिवा खाजा, कक्षा ७ देखीका छात्राहरुलाई सेनेटरी प्याड, छात्राबृत्ति लगायतका सामग्रीहरु प्रदान गरेको र शिक्षकहरुको दरबन्दी मिलान धमाधम गरिरहेको बताउनु भयो । नगरभित्रका विद्यालयहरुमा भौतिक विकास भैईसकेकाले अब शिक्षामा फ्डको मार्नुपर्ने दोहो¥याउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख श्याम सिंधामि वडा अध्यक्षहरु अभिभावक, शिक्षक विद्यार्थी लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम बजगाईले प्रस्तुत गर्नु भएको थियो । बजगाईले विद्यालयमा अक्षयकोषको स्थापना गरी उक्त कोषबाट प्राप्त हुने ब्याजबाट विाद्यलायमा अध्यनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताउनु भयो । अक्षयकोष स्थापना गर्न सहयोगी विभिन्न ब्यक्ति, संघ संस्था, अभिभावकहरुलाई धन्यबाद दिनु भएका थियो । कार्यक्रममा विद्यालयमा ४ लाख ५० हजारको अक्षयकोषको स्थापना गरिएको थियो । अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम बजागाईले स्व.पिता तिर्थ प्रसाद बजागाई र माता भगवती बजगाईको स्मृतिमा २ लाख प्रदान गर्नु भएको थियो । त्यसैगरी स्व. तुल्सी श्रेष्ठको स्मृतिमा धर्मपत्नी परि श्रेष्ठबाट १ लाख, पूर्व शिक्षक रामभक्त श्रेष्ठबाट १ लाख, पूर्व शिक्षक माधबलाल श्रेष्ठबाट ५० हजार प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी काभ्रे शाखाले शैक्षिक सामाग्री  र नालामी समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठले विद्यार्थीहरुलाई झोला वितरण गर्नु भएको थियो ।