काभ्रे/युवा संघ धुलिखेल नगर ९ नम्बर वडा कमिटीको युवा भेला तथा प्रशिक्षण नेकपा केन्द्रिय कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी अध्यक्ष नगर प्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी ब्याञ्जुले युवाहरुले समाज परिवर्तन गर्ने भएकाले सहि बाटोमा लाग्नुपर्ने बताउनु भयो । युवाहरु विदेशिने होईन नेपालमै केहि गर्नुपर्छ ब्याञ्जुले भन्नुभयो सरकारले युवाहरुलाई युवा स्वरोजगार कार्यक्रम, सहुलियत कर्जा प्रवाह, शैक्षिक प्रमाण–पत्र कर्जा लगायतका सुविधाहरु उपलब्ध गराएको बताउनु भयो । कार्यक्रममा पूर्व राज्यमन्त्री एवं नेकपा केन्द्रिय सदस्य रेशम लामा, धुलिखेल नगरपालिका उप प्रमुख एवं जिल्ला कमिटी सदस्य विमला शर्मा, भुमि आयोग अध्यक्ष राम कृष्ण हुमागाई, वडा अध्यक्ष निराजन जंगम, बसन्त रानाभाट, पुष्प राउत, विष्णु काभ्रेली जिल्ला कमिटी सदस्यहरु लगायतको सहभागिता रहेको थियो । भेलाले रमेश राज हुमागाई संयोजक विकास तामाङ सह–संयोजक सरोज हुमागाई सचिव रहेको समिती चयन गरेको छ ।
कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कमिटी सदस्य रामप्रसाद हुमागाईले राख्नु भएको थियो भने सभापतित्व सुनिल रानाभाटले गर्नु भएको थियो ।









