2026 May 02/ 08:24: 21am

धुलिखेल/धुलिखेल नगरपालिकाको ३५ औं स्थापना दिवसको अवसरमा धुलिखेल नगरपालिका र ४ वटा परियोजना गरेर ५ करोड ३० लाखको संयुक्त परियोजनामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, रोटरी क्लब अफ धुलिखेका अध्यक्ष सुशिल कुमार व्याञ्जु श्रेष्ठ बिच सम्झैता गरिएको छ  ।
उक्त सामारोहमा परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । सम्झैतामा धुलिखेल नगरपालिकालाई २ सय वटा व्हिलचियर र बाँकी नगरपालिकालाई ८ सय वटा व्हिलचियर, १० वटा डायलिसिस मेशीन, अपाङ्ग मैत्री अत्याधुनिक शौचालय, नविकरणिय उर्जा (बायोग्याँस) सहित यात्रुको सुविधाको लागि क्याफेटेरीयाको निर्माण, बलभद्र पार्क र देविस्थान पार्कको हरियाली र पार्कनिर्माण, बालबालिका लगायत नागरिकहरुको लागि उद्यानका निर्माणको लागि रोटरी क्लब अफ धुलिखेलले धुलिखेल नगरपालिकाका बिच सहकार्य र समन्वय गरी आगामी ३ वर्षमा परियोजना कार्यान्वयन गर्ने जनाएको छ ।