धुलिखेल/धुलिखेल नगरपालिकामा १२ औँ शताब्दी पुरानो उमामहेश्वर र तेत्तीस कोटी देवता रहेको मूर्ति सहित ऐतिहासिक ढुङ्गेधारा पुनर्निर्माण सम्पन्न भएको छ ।
उक्त ऐतिहासिक ढुङ्गेधाराको उद्घाटन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । ब्याञ्जुले नगरका ऐतिहासिक सम्पदालाई संरक्षण गर्ने बताउनुभयो । कला संस्कृतिको संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेकाले विभिन्न मठमन्दिर, एतिहासिक धारा, कुवाहरुलाई संरक्षण गर्नका लागि बजेट अभाव नहुने ब्याञ्जुले बताउनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाको वडा नम्बर ७ मा रहेको १२ औँ शताब्दिमा निर्माण गरिएको पुरानो उमा महेश्वर मन्दिर र तेत्तीस कोटी देवता रहेको मुर्ति पुनर्निर्माण सहित ऐतिहासिक ढुङ्गेधारा पुनर्निर्माण भई १२ औँ शताब्दिमा निर्माण गरिएको पुरानो उमामहेश्वर मन्दिर र तेत्तीस कोटी देवता रहेको मुर्ति पुनर्निर्माणको क्रममा उक्त स्थानमा ऐतिहासिक ढुङ्गेधारा भेटिएको बताएको थियो ।









