2026 May 02/ 08:24: 40am

धुलिखेल/आकाश भैरव क्लबलाई बाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । 
नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले एक कार्यक्रमका विच उक्त क्लबलाई खेलकूद सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक व्याञ्जु श्रेष्ठले अनुसासन खेलाडीहरूको गहना भएको र अनुशासनले मात्र खेलाडीहरुले खेल हासिल गर्न सक्ने बताउनु भयो । ब्याञ्जुले खेलाडीहरुको लागि मात्र अनुशासन आवश्यक नभएर सबै क्षेत्रमा अनुशासन आवश्यक रहेको बताउनु भयो । खेल प्रदर्शन गर्ने क्रममा एकले अर्कालाई सम्मान गर्नु पर्छ, खेलमा हार जित हुने हुँदा खेलाडीले खेल प्रदर्शन पछि अनुशासित हुनुपर्ने बताउनु भयो । नगरप्रमुख अशोक व्याञ्जुले खेलाडीलाई हौंसला प्रदान गर्दै खेल क्षेत्रमा आवश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख बिमला कुमारी शर्मा, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं रेफ्रि संयोजक रविन्द्रनाथ श्रेष्ठ, धुलिखेल वडा नं ७ का वडा अध्यक्ष रोमी प्रसाद व्यान्जु, धुलिखेल वडा नं ६ का वडा सदस्य रोजना श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष बिकास नारायण श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष एवं प्रायोजक डब्लबा हाउसका प्रबन्धक निरोज श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष अमीत खोजु, काभ्रे जिल्ला फुटबल संघका कोषाध्यक्ष प्रभात कुमार श्रेष्ठ, अर्थभुमि साकोसका प्रबन्धक आनन्द सागर योगल, सामनुङ्ग साकोस लगायत क्लबका, पधादिकारिहरू, प्रशिक्षक तथा खेलाडीहरू उपस्थित रहेका थियो । कार्यक्रममा आकाश भैरव क्लबका उपाध्यक्ष पुकार श्रेष्ठको सभापतित्वमा भएको थियोे ।