बनेपा/बनेपा हिकारी किन्डर गार्टेनको १५ औ दिक्षान्त समारोह नेपाल घरेलु तथा महासघंका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष रोशनी उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले बालबालिकाहरुको दोस्रो घर विद्यालय भएकाले कस्तो शिक्षा दिने भन्ने विषयमा अभिभावकहरुले सोच्नु पर्ने बताए । विद्यार्थीहरु, डाक्टर, ईन्जिनियर हुनु मात्र ठुलो कुरा होईन, कस्तो नागरिक बनाउने ठुलो कुरा भएकाले घोकन्ते शिक्षा मात्र नभई ब्यबहारिक र उपयोगी शिक्षामा जोड दिनु पर्ने बताए । कार्यक्रममा बनेपा नगरपालिकाका सामाजिक विकास अधिकृत चिरञ्जिबी अर्याल लगाएतले शुभकामना मन्तबय राख्नु भएको थियो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शर्मिला केसी सिंहले स्वागत मन्तब्य तथा विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् ।
केसीले कोरनाका कारण गत वर्ष रोकिएको दिक्षन्त समारोह यस वर्ष गरेको बताउनु भयो । विद्यालयमा जापानीज माध्यमद्धारा विद्यार्थीहरुलाई सिकाई, प्रयोगात्मक सिकाई र ब्यबहारीक शिक्षामा जोड दिईएको केसीले बताउनु भएको थियो । जिल्लामै पहिलोपल्ट सञ्चालनमा आएको उक्त हिकारी किन्डर गार्र्टेन २ जनाबाट बनेपाको बृद्धाश्रमबाट शुरु भई हाल बनेपाको चारदोबाटोमा संचालनमा रहेको छ । कार्यक्रममा ३४ जना विद्यार्थीहरु दिक्षित भएका थिए । कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष मणिक तुम्रोकको सभापतित्वमा सम्पन्न भएको थियो ।









