बनेपा/बनेपा नगरपालिको आयोजनामा बाल बिवाह अन्त्यका लागि समुदाय परिचालन सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य उमा बैध वडा सदस्य सागर मानन्धर, राजकुमार भालु, र दलित महिला सदस्य ज्ञानु मिजार, नेकपा ५ नम्बर वडा कमिटी संयोजक समिता थापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम बनेपा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख बिजया सुवेदी र निर्मला कार्की ले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा सुवेदीले नेपालको कानुनमै २० वर्ष भन्दा कम उमेरमा विबाह गर्नु नै बाल विबाह भएकाले सबै अभिभावकहरुले सचेत हुनु पर्ने बताउनु भयो । आफ्नै अभिभाबकबाट बालबालिबाहरु असुरक्षित भएकाले बालबालिकाहरु समेत चनाखो र सचे भई दुब्यबहार बाट मुक्त हुनु पर्ने बताउनु भयो । नगरपालिकाले सबै वडाहरुमा बाल क्लब गठन गर्दे बालविबाह अन्त्य र बाल र्दुब्यार न्यूनिकरणका लागी का मगर्दे आएको सुवेदिले वताउनु भयो । कार्यक्रममा विभिन्न विद्यालयका ४० जना बालबालिकाहरुको सहभागीता रहेको थियो /









