काभ्रे∕ नेपाली भाषा र साहित्यको लामो समयदेखि सेवा गरिरहेका साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ मुक्तक सङ्ग्रह स्वर्णिम धुन र नियात्रा संग्रह आसामको स्पर्श प्रकाशित भएको छ ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको विधागत दृष्टिले उनको चौथो मुक्तक सङ्ग्रह हो भने नियात्रा संग्रह भने पहिलो भएको बताएको छ । स्वर्णिम धुनका अतिरिक्त उनका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरी अन्य तीनओटा र मुक्तकसङ्ग्रहहरू पनि प्रकाशित छन् ।
लाकोजूको स्वर्णिम धुन मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरूले देशप्रति अथाह माया पोखेका छन् । देशलाई स्वर्गभन्दा ठूलो मान्दै कविले मुक्तक कोरेका छन् । मुक्तकहरूले समाजिक विकृति तथा बेथितिमाथि पनि ब्यङ्ग्य गर्न भ्याएका छन् । प्रेम र प्रणयका विषय पनि मुक्तक भएर उभिएका छन् । वर्तमान नेपाली राजनीतिको विषयमा पनि मुक्तक बोलेको छ । मानिसको मतलबी चाललाई पनि पहार गर्न लाकोजूका मुक्तक चुकेको छैन । नियात्रा संग्रह आसामाको स्पर्शमा उनले भारतको आसामको साहित्यिक भ्रमण गर्दाको अनुभूतिहरू ब्यक्त गरेका छन् । सो नियात्रा संग्रहमा आसामको रहनसहन, भौगोलिक अवस्थिति, संस्कृति, चालचलन आदिका बारेमा उल्लेख गरेका छन् ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह), मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेल(अनुसन्धानमूलक), स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली ( गीतसङ्ग्रह), यःमरी ( परिचयात्मक बालपुस्तक), घाम उदायो ( बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तकसङग्रह), मेरो घाम (कवितासङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श ( नियात्रा), दिवाकरका चुम्वन (कवितासङ्ग्रह, हिन्दीमा अनुदित) र ब्तष्तजभभ (अंग्रेजी कथा) आदि प्रकाशित भएका छन् ।









