ढुंखर्क/बेथान्चोक जेसीज, पनौती जेसीज र पनौती जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण र ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद् शिव हुमागाईले जेसीज ब्यक्तित्व, नेतृत्वका लागि मात्रै नभई समाज रुपान्तरणको ऐना भएकाले जेसीजमा रहुञ्जेल मात्रै होईन राजनीतिमा रहँदा पनि जेसीजबाट सिकेका र गरेका अनुभुतिहरुलाई ब्यवहारमा देखाउन अनुरोध गर्नुभयो । हुमागाईले युवाहरु विदेशिने क्रम नरोकिएकाले कस्तो सँस्कृति र शिक्षा दिएका रहेछांै भन्ने लाग्न थालेकाले सबै मिलि युवालाई आफ्नै देशमा रोक्नुपर्ने बताउनु भयो । जेसिजमा लाग्ने युवाहरुले जेसिजको शुरु देखिकै थेसिस तयार पारी भावी पुस्तालाई समेत स्मरण गराउनु पर्ने र विधिको शासनमा अडिग रहनुपर्ने बताउनु भयो । युवाहरुले चाहेमा देशको परिस्थिति बदल्न सक्ने भएकाले सहि मार्गमा लाग्न समेत अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा बेथान्चोक जेसिजका संस्थापक अध्यक्ष मुक्ति तिमल्सिना नेपाल शिक्षक संघ बागमति प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, सम्मानित ब्यक्तित्व डा. बलराम तिमल्सिना, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, एभिन्युज टेलिभिजन प्रमुख केदार कोईराला, राष्ट्रिय जेसिजका केन्द्रिय कार्यकारिणी अध्यक्ष शिब प्रसाद भुसाल केन्द्रिय महासचिव विकास मानन्धर, बर्ष २०२१ का अध्यक्ष हरिकृष्ण दाहाल, लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बेथान्चोक गाँउपालिकामा जन्मी विभिन्न ठाँउमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट बोर्ड मेम्बर सम्मान तथा ब्यक्तित्व सम्मानबाट चिफ अफ एजुकेशन युनेस्को काठमाडौंका डा. बलराम तिमल्सिना, तरुण साप्ताहिकका प्रधान साप्ताहिकका परशु घिमिरे, नेपाल सरकारका सह–सचिब नवराज घिमिरे र चर्चित संगीतकार राजेश थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य २०२० का कानुनी सल्लाहकार प्रदिप आचार्यले गर्नु भएको थियो भने सभापतित्व २०२० का अध्यक्ष राजेश तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रम सञ्चालक महासचिव कमल नेपालले गर्नु भएको थियो ।
पनौतीमा पदस्थापन
पनौती जेसिज र पनौती जुनियर जेसिजको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१ का लागि पनौती जेसीजका अध्यक्ष मिरा गिरी र जुनियर जेसीजका अध्यक्ष विशाल तिमल्सिनााई पद हस्तान्तरण गर्दै अधुरा रहेका कार्यहरु पुरा गर्न सहयोग पु¥याउने बताउनु भएको थियो । निर्वाचित वर्ष २०२१ का अध्यक्षहरुले वर्ष २०२१ मा गर्ने काम र योजनाका बारेमा प्रतिबद्धता ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा वर्ष २०२० का अध्यक्ष अनिल बोलखे ले १ वर्षमा गरेका जती पनि काम सम्पन्न भए सन्तोष जनक रहेको बताउनु भयो । कोभिडका कारणले योजना अनुसार काम गर्न नसकेकाले आगामी दिनमा सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष शुरेस सैंजू, काभ्रे जेसिजका अध्यक्ष सुवाष बैद्य, केन्द्रिय पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम २०२० का अध्यक्ष अनिल बोलखेको सभापतित्वमा र महासचिव पुरुषोत्तम सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।









