2026 May 02/ 07:28: 56am

    धुलिखेल/नेपाल कम्युनिष्ट पार्टी धुलिखेल नगरपालिका वडा नम्वर ३ मा अगुवा कार्यकर्ता भेला नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला कमिटी अध्यक्ष एवं धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथी ब्यान्जुले धुलिखेल नगरमा विकासका कामहरुले तिब्रता पाएको बताउनु भयो । आफु निर्वाचित भएपछि विकासको फ्डको मारेको बताउदै ब्यान्जुले सबै पार्टीका नेता तथा कार्यकर्ताहरु लाग्नु पर्ने बताउनु भयो । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धतालाई सबै जनप्रतिधिहरुले अनुशरण गर्दे विकासका काममा नगरका सबै वडामा सक्रिय रहन आग्रह गर्नु भयो । जनता नै सर्बेसर्वा भएको हुँदा जनतामा जान्छु भन्नु निरंकुशता नहुने भन्दै कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न ब्याञ्जुले आग्रह गर्नुभयो ।
    कार्यक्रममा नेकपाका पूर्व जिल्ला कमिटी सदस्य रामकृष्ण हुमागाई, जिल्ला कमिटी सदस्य तथा धुलिखेल नगरपालीका उप प्रमुख विमला शर्मा, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जंगम, वडा नम्बर ३ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य विनोद पराजुली, जिल्ला कमिटी सदस्य दयारम महत लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भेलाले हिरा लामा अध्यक्ष र सुधाका पराजुली सचिब गरी ५५ वडा कमिटी गठन गरेको छ । 
त्यसैगरी अखिल नेपाल महिला संघ धुलिखेल ३ नम्बर वडा कमिटी सरस्वती तामाङको अध्यक्षतामा २१ सदस्य तथा युवा संघ नेपाल ३ नम्बर वडा कमिटीको अध्यक्ष सुमन अधिकारी गरी ५५ वडा कमिटी गठन गरेको छ । कार्यक्रमको सभापतित्व वडा समंयोजक सिवि लामाको सभापतित्वमा  सञ्चालन रामेश्वर पराजुलीले गर्नु भएको थियो ।