जनागाल/नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपा ११ नम्बर वडा कमिटीको बृहत कार्यकर्ता भेला नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला कमिटी अध्यक्ष एवं धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी ब्यान्जुले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलिले चालेको कदम ठिक रहेको बताउनु भयो । कार्यकर्ताहरुलाई भ्रममा नपरी आगामी बैशाख १७ र २७ गतेको निर्बाचनको तयारीमा लाग्न समेत आग्रह गर्नु भएको थियो । ब्यान्जुले सरकारमा रहेको पार्टीले नै प्रतिपक्षको भुमिका खेली सरकारका निर्णयलाई असहयोग गरेकाले बाध्य भएर पुन जनताका सामु जाने सरकारले निर्णय गरेको बताउनु भयो । जनता नै सर्वेसर्वा भएको हुदाँ जनतामा जान्छु भन्नु निरकुशता नहुने भन्दै कोहि पनि स्याल हुईयाहरुलाई आफ्नो गाउँमा पस्न दिन नहुने ब्यान्जुले बताउनु भयो । कार्यक्रममा नेकपाका पुराना नेता केपी बन्जारा, नेकपा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, रामशरण दाहाल, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे लगाएतले पार्टीले गरेका कामहरुका बारेमा मन्तब्य राख्नु भएको थियो ।
भेलाले जयराम गिरीको अध्यक्ष र सचिव दिपु अधिकारी रहेको ५१ सदस्य वडा कमिटी गठन गरेको छ । त्यसैगरी अखिल महिला संघमा रुपा दाहाल अध्यक्ष र सचिव रुपा शर्मा गरी ५१ सदस्य वडा महिला कमिटी गठन गरेको छ भने युवा संघको अध्यक्षमा महेश्वर थापा, उपाध्यक्षमा शुरेस गौतम र सचिब अमिर थापा गरी ४७ सदस्य गठन गरेको छ । कार्यक्रमको सभापतित्व वडा अध्यक्ष शिब कुमार थापाले गर्नु भएको थियो ।









