2026 May 02/ 04:32: 23am

    पनौती/काभ्रे पुण्यवती यातायात प्रालि बनेपाले नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित सुरकृष्ण बैद्यलाई सम्मान, बद्याई तथा शुभकामना दिएको छ । पनौतीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेशसुन्दर सैजुको अध्यक्षता रहेको थियो । 
    काभ्रे मिनिबस सेवा समितिमा लामो समय नेतृत्व गरि विभिन्न सामाजिक संघ संस्था र उद्योग तथा ब्यवसायमा संलग्न भई काभ्रे जिल्लाको नाम उचो राख्न अग्रणी भूमिका खेलेका सुरकृष्ण बैद्य दोश्रो पटक निर्वाचित भएकाले आगामी दिनको यात्रामा थप सजताका लागि शुभकामना ब्यक्त गरिएको अध्यक्ष सैजुले बताउनु भयो । केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले उद्योगी ब्यवसायीहरुको हितका लागि निरन्तर कार्य गर्ने बताउनु भयो । मुलुकले गति लिन लागिरहेका बेला भएको राजनीतिक घटनाक्रमले फेरी ब्यवसायीहरु शशंकित भएको उहाँले बताउनु भयो । कार्यक्रममा विभिन्न यातायात कम्पनीका अध्यक्ष एवं प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, यातायात ब्यवसायीहरुको सहभिागता रहेको कार्यालय प्रमुख शुभराज जोशीले जानकारी दिनु भयो । बैद्यले काभ्रे मिनिबसको अध्यक्ष हुँदा यातायात ब्यवसायीहरुको हितमा गरेका कार्यहरुको सोहि अवसरमा समिक्षा गरिएको थियो ।