2026 May 02/ 04:24: 23am

    बनेपा/काभ्रे पेट्रोलियम डिलर्स एशोसिएसन काभ्रेको चौथो बार्षिक साधारण सभा तथा दोश्रो जिल्ला अधिबेशनले जनक तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिमा बरिष्ठ उपाध्यक्ष अमुल तौजले, उपाध्यक्ष विनोद बञ्जारा रहनु भएको छ । 
    त्यस्तै समितिमा सचिव राजेन्द्रकुमार सिग्देल, घनश्याम खत्री कोषाध्यक्ष, सदस्यहरुमा श्रीराम श्रेष्ठ, विनायक पौडेल, रामेश्वर श्रेष्ठ, द्धारिकानाथ यगोल श्रेष्ठ र हरि लामा रहनु भएको छ । कार्य समितिले एक जना सदस्य पछि मनोनित गर्नेछ । अध्यक्ष आत्मराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव जनक तिमल्सिना र कोषाध्यक्ष घनश्याम खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रधानले पेट्रोलियम पदार्थको विक्री वितरणमा भोगिरहेका समस्या, ब्यवसायीहरुले ब्यहोर्नु परेका सरकारी तथा अन्य झण्झटिला कानुनहरु, ब्यवसायीहरुले सुधार गर्नु पर्ने विषयका बारेमा जानकारी गराउनु भएको थियो । घाटा खाएरै भए पनि ब्यवसायीहरुले उपभोक्ताहरुलाई सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे, एशोसिएसनका केन्द्रिय महासचिव विश्व अर्याल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य, ढुवानी ब्यवसायी संघ बागमती प्रदेशका बासु दाहाल, थानकोट डिपोका प्रमुख प्रदिप यादव, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे बस प्रालीका अध्यक्ष वर्ण शाक्य, अरनिको यातायात प्रालीका अध्यक्ष चित्रबहादुर कुँवर, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैजुले उपभोक्ताहरुका लागि गुणस्तर सेवा प्रदान सुझाव दिएका थिए । 
    कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, महासचिव कैलाश पलाञ्चोके, परिवार नियोजन संघका अध्यक्ष शुभराज जोशी, विभिन्न संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।