2026 May 02/ 03:29: 53am

बनेपा/मानब कल्याण समाज सेवा घरले बनेपा बाट १ जना ब्यक्तिको उद्धार घरी आफ्नो सेवा घरमा लगेको छ । 
बनेपा नगरपालिका वडा नम्बर ८ घर भई बबिता श्रेष्ठ (लाटी भनेर चिनीने महिला लाई उद्धार गरिएको हो । लामो समयदेखी पाटीमा बस्दै आउनु भएको मानसीक सन्तुलन ठिक अबस्थामा नरहेको उक्त महिलालाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्ष दान बहादुर मानन्धर वडा सदस्य रामप्यारी पोटेको रहेबरमा उक्त संस्थाले बनेपाको तिनधारबाट उद्धारगरी समाज सेवा घर २८ किलोमा लगेको हो । समाज सेवा घरमा सडकमा अलपत्र परेका मानिसहरुको उद्धार गरी सेवा घरमा रखिदै आएको छ ।