2026 May 02/ 03:29: 52am

    बनेपा/जन्म दिनमा सामाजिक अभियानमा सक्रिय हुने ब्यक्तिहरुको संख्या थपिन थालेको छ । बनेपा नगरपालिका वडा नम्वर ९ स्थायी घर भएकी दिपा दुलाल दाहालले जन्म दिनको अवसरमा सामाजिक कार्यमा सहयोग उपलब्ध गराउनु भएको छ । 
    २०३२ कार्तिक २८ मा शिवसताक्षी नगरपालिका ४ मा जन्म भई २०५२ सालमा बनेपा ९ नयाँ बस्तीका सिताराम दाहालसँग वैवाहिक जीवनमा बाँधिनु भएकी दिपा दुलाल दाहाल फोक्सोसँग सम्बन्धित बिरामीले अस्वस्थ भई होम आईसोलेशनमा भएर पनि जन्मोत्सवमा अनावश्यक खर्चको ठाउँमा सामाजिक कार्य गरौ भन्ने अभियानबाट अभिप्रेरित भएर बोलोचौक विास समितिद्वारा संचालित निःशुल्क योगा कक्षाका विद्यार्थीहरुलाई २० थान टि–सर्ट प्रदान गरेर मनाउनु भएको छ । असहज परिस्थितिमा पनि आफ्नो जन्मोत्सव सामाजिक कार्य गरेर मनाउनु भएकोमा बोलोचौक विकास समिति परिवारले उहाँलाई जन्मदिनको शुभकामना साथै शिघ्र स्वास्थ लाभको कामना गरेको छ । संस्थाका संस्थापक अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले असहज परिस्थितिमा सहयोग गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।