2026 May 01/ 11:29: 24pm

बनेपा/बनेपा नगरपालिकालाई विभिन्न सघं संस्थाहरुले खाद्य सामाग्री हस्तान्तरण गरेका छन् । 
नगरपालिकाले जिल्लामै ठुलो र ब्यबस्थित आईसोलेसन सञ्चालनमा ल्याए पछि सहयोगी संघ सस्स्थाहरुले सहयोग गर्न थालेका छन् । सहगोग गर्ने क्रममा सोमबार श्रमीक जनउत्थान साकोसको संयोजनमा सघं सस्था, ब्यक्ति र कम्पनीबाट बनेपा नगरपालिकालाई खाद्य सामाग्री उपलब्ध गराएका थिए । नगरपालिकाको तर्फबाट उप प्रमुख रेखा सापकोटा दाहाललाई खाद्य सामाग्री हस्तान्तरण गरिएको साकोसको प्रबन्धक राजन अधिकारीले बताउनु भयो । 
विश्व जगत नै कोरोना महामारी त्रासमा रहेको बेला सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको अधिकारीले वताउनु भयो । बनेपा नगरपालिका भित्र रहेका सहकारी र ईन्स्योरेन्स कम्पनी आईसोलेशनका निम्ति नगरपालिकालाई ज्योती लाईफ, काभ्रे युनाईटेड साकोस, सेवानुङ साकोस, सम्बृद्ध काभ्रे कृषी सहकारी, बज्र बाराही साकोस, जीवन सुधार कृषि सहकारी, सन्दुस साकोस, श्रमिक जनउत्थान साकोस मार्फत चामल ३५ बोरा, साबुन ६ बाकस, दाल ३ बोरा, नुन २ बोरा र तेल ५ बाकस हस्तान्तरण गरीएको थियो । उप प्रमुख सापकोटा दाहालले सहयोगी सघं सस्थालाई धन्यबाद दिनु भएको थियो । कोरोना महामारी बिरुद्ध सबै नगरबासी लाग्नु पर्ने भएकाले नगर एकलै गर्न सम्भव नरहेको उहाँले बताउनु भयो । नगरले जारी गरेका सुचनाहरु नगरबासीहरुले मान्नुपर्ने र सचेत र सुरक्षित रहनुपर्ने उहाँले बताउनु भयो ।