2026 May 01/ 10:27: 04pm

पंतजली योग समिति काभ्रे बनेपाबाट आचार्य बालकृष्ण महाराजको शुभ जन्मोत्सवको उपलक्ष्यमा सात दिनसम्म योग भवन बनेपामा गायत्रीमन्त्र जप गर्दै अन्तिम दिन मंगलबार हवन यज्ञ अनुष्ठान गर्दै सम्पूर्ण योग साधकहरुलाई गिलोयको विरुवा वितरण गरी आयुर्वेद दिवश भव्यताका साथ मनाईएको छ । पंतजली योग समिति काभ्रेका संरक्षक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले पानसमा दिप प्रज्वलित गरी उद्घाटन गर्नुभएको कार्यक्रममा पंतजली योग बाग्मती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेले गायत्रीमन्त्र जप गराउनुको साथै सम्पूर्ण योग साधकहरुलाई टिका लगाई दिई आयुर्वेद पद्धती अपनाएर जीवनलाई रोग मुक्त ढंगले स्वस्थ समाजको निमार्ण गर्ने तर्फ सम्पूर्ण योग साधकहरुलाई कतिवद्ध भई लागी पर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा अध्यक्ष दमनकुमार श्रेष्ठ, प्रदेश सदस्य सरिता शाक्य, उपाध्यक्ष हरीशरण श्रेष्ठ, महिला अध्यक्ष अंजना श्रेष्ठ, सल्लाहकार ईन्दिरा तौजले, महामन्त्री प्रकाश कायष्ठ, काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय लक्ष्मीलाल राजभण्डारी, दियशरत्न शाक्य, आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश कायष्ठ लगायतले मन्तव्य राख्नुभएको योग साधक मिलन श्रेष्ठले जानकारी दिनु भएको छ ।