2026 May 01/ 04:09: 51pm

बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाका स्थानीय तहहरुले स्थापना गरेको कोरोना विरुद्धको विपद कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । 
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण स्थानीय तहलाई  संघले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय सरकारले संचालन गरेको राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग प्रदान गरिएको सघंका अध्यक्ष रामहरी केसीले बताउनु भयो । केसीले स्थानीय तह अन्र्तगत नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई ४० हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेको बताउनु भयो । नगरपालिकाका नगर प्रमुख तथा गाँउपालिकाका अध्यक्षलाई सञ्चालक समितीका पदाधिकारीले हस्तान्तरण गरेको संघका प्रबन्धक गुरु ढकालले वताउनु भयो । महामारीका कारण संकटमा परेका नागरिकहरुलाई थोरै भए पनि संघले राहत प्रदान गर्ने उद्देश्यले स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेको ढकालले जानकारी दिनुभयो । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस्तै विन्धबासिनी सहकारी, बुडोल सामुदायिक, सामुदायिक साकोस लगायतले पनि कार्यक्षेत्र भएका पालिकाहरुमा सहयोग रकम हस्तान्तरण गरेका छन् ।