2026 May 01/ 04:09: 44pm

धुलिखेल/कारागार कार्यालय काभ्रेपलाञ्चोकले कारागारमा कोराना भाईरसको शकास्पद ब्यक्तिहरुको आरडिटी परिक्षण गरेको छ । लकडाउन अवधीमा कारागार भित्र थपिएका विभिन्न्न मुद्दाका ६ जना नयाँ कैदीबन्दीहरुको परिक्षण गरिएको छ । परिक्षण गरिएका सबै जनामा कोरोना संक्रमण फेला परेन । 
    जेलर जङ्गबहादुर राईका अनुसार शुक्रबार परिक्षण गरिएका सबै नयाँ कैदीबन्दी हुन् । कारागार कार्यालय भित्रै नयाँ कैदीबन्दीका लागि चार बेडको अलग्गै क्वारेन्टाईनको ब्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत ल्याब टेक्निसियन सीता श्रेष्ठले कैदीबन्दीहरुको परिक्षण गर्नु भएको थियो । कारागार कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको पहलमा स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौंबाट २ सय थान आरडिटी किट उपलब्ध भएको छ भने कारागार कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको पहलमा कारागार व्यवस्थापन विभाग, काठमाडौंबाट ३ सेट पिपिई उपलब्ध गएको छ । 
कारागार जस्तो तेब्बर भन्दा बढी संख्यामा कैदी बन्दीहरु रहेको अति संवेदनशील क्षेत्रमा विश्वव्यापी रुपमा फैलदैं गएको कोभिड १९ महामारी संक्रमण पुर्पक्ष वा कैद भुक्तानका लागि आउने नयाँ कैदी बन्दीहरुका कारण थप उच्च जोखिम हुन सक्ने सम्भावनालाई नियन्त्रण र रोकथामका लागि विशेष टेवा पुग्ने जेलर जङ्गबहादुर राईले बताउनु भयो । कारागार कार्यालय भित्र रहेका कैदीबन्दीहरुको कोरोना संक्रमण भएको वीरगञ्ज र काभ्रेपलाञ्चोक मात्रै हुन् । धुलिखेलमा २ सय ४१ कैदीबन्दी छन् । विभिन्न तहमा झण्डै ३ सय ब्यक्तिको आरडिटी परिक्षण गरिएको छ । सबै परिक्षणमा कोरोना संक्रमण देखिएको छैन ।