2026 May 01/ 04:09: 46pm

बनेपा/प्रेस संगठन नेपाल केन्द्रिय  कार्यालय  काभ्रेपलान्चोक जिल्लाका संचारकर्मीहरुलाई  मास्क र स्यानिटाईजर सहयोग गरेको छ । प्रेस संगठन नेपाल बागमती प्रदेस कमिटीका इन्चार्ज तथा अध्यक्ष विश्वमणि सुवेदीले मास्क तथा स्यानिटाईजर प्रेस संगठन नेपाल काभ्रेपलान्चोकका संयोजक भुवन रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ नेपाल काभ्रेपलान्चोकका अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस संगठन नेपाल केन्द्रीय लेखा आयोग सदस्य आशिष गुरागाई, प्रेस संगठन नेपाल काभ्रेपलान्चोकका सहसंयोजक रामकृष्ण बन्जारा लगायतको उपस्थितिमा सहयोग प्रदान गर्दै सुवेदीले यो सहयोग पेशागत ऐक्यवद्धता र विषम परिस्थितिमा संचारकर्मीले खेलेको साहसी भूमिकाको सम्मान भएको बताएका छन् ।
त्यस्तै सुवेदीले निकै अफ्ठ्यारो समयमा पनि काभ्रेपलान्चोकका पत्रिका निरन्तर प्रकाशित रहदै जनतालाई सुसूचित बनाएकोमा बधाई दिदै आफ्नो क्षेत्रका सहकर्मी र मजदुरलाई सामुहिक सहयोग गर्नु उदाहरणीय काम गरेको भन्दै प्रसंशा गरेका थिए । यसअघि बागमती प्रदेशको राजधानी हेटौडाबाट भएको भिडियो कन्फरेस बैठक पश्चात मकवानपुर र काभ्रेपलान्चोक जिल्लालाई सहयोग गरिएको छ ।