2026 May 01/ 12:45: 02pm

धुलिखेल/सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालय धुलिखेलमा बैंकले आफ्ना स्थानीय शेयरधनी, जनप्रतिनिधी र बैंकिङ पहँुच बाहिर रहेका ग्राहकहरुका लागि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । 
धुलिखेल स्थित चेयर्स लाउञ्ज बारमा धुलिखेलका संस्थापक नगरप्रमुख एवं होटल ब्यवसायी बेल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको  थियो । कार्यक्रममा सेञ्चुरी बैंकले संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक दिपक ढुँगानाले गराउनु भएको थियो ।  बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्टार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुँयालले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै बैंकको बचत सुविधा सम्बन्धि बरिष्ठ गायक रामहरी न्यौपानेले गीत मार्फत प्रस्तुत गर्नु भएको थियो । बचत सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका प्रमुख प्रविण कुमार दाहालले गर्नु भएको थियो । कार्यक्रम धुलिखेल अस्पतालका मेडिकल डिन डा.राजेन्द्र कोँजु, जिल्ला पशु सेवा कार्यालय तथा भेटेरीनरी अस्पतालका पशु विकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका लेखा अधिकृत डि.वि. बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, सहकारीकर्मि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगायत संस्थापक शेयरधनी र सेवाग्राहीहरुको बाक्लो उपस्थिती  रहेको थियो । 
कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गर्नुभएको थियो । बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबैभन्दा बढि ७ वटा शाखा कार्यालय साँगा, नाल्दुम, नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।