2024 October 15/ 03:55: 33am

हो, रबि तिमीले राजनीती गर्नु हुदैन तिमीलाई राजनीति आउदैन, तिमीलाई पत्रकारिता आउदैन त्यसैले तिमीले टेलिभिजनमा बोल्नु हुदैन,बिदेशी भुमिमा अलपत्र दाजु भाइ दिदी बैनिको अभिभावकको भुमिका निर्वाह ग¥यौं धेरैको दुःखको साथी बन्यौ, पैसा खाने म्यानपावर, काम नगर्ने ठेकेदार, बिद्यार्थी माथी आँखा लगाउने शिक्षकको बिरुद्धमा बोल्यौ, ६÷७ बर्षकी कलिली बालिका बलात्कृत हुँदा उसको पक्षमा बोल्यौ, देशलाई जुका जस्तै चुसिरहने नैतिकता नभएको नेता, बिना काम तलब खाने कर्मचारी, घुस खाने कर्मचारी, ब्यापारको नाममा ठगि गर्ने व्यापारीको विरुद्धमा आवाज उठायौ त्यसैले तिमीले पत्रकारिता जानेनौ, पत्रकारिता तिमीलाई आएन, तिमी पत्रकारको नियम बिपरीत गयौ, पत्रकार हुनत तपाईं भर्जिन होकि होइन भन्ने प्रश्न सोध्नु पथ्र्याे, तपाईको ब्वाईफ्रेण्ड छ की छैन भनेर सोध्नु पथ्र्याे, यहाँ पत्रकार पार्टीको हुन्छन् आफ्नो पार्टीको निर्देशन बाहेक अरुको राम्रो समाचार छापिन्न । 
    यहाँको अदालतमा वकिल कुन कुन पार्टीलाई दिने भन्नी भाग लगाइन्छ, अदालतमा न्याय बाहेक अरु सबै पाइन्छ भने जस्तै छ । धेरै शिक्षकहरु आफ्नो परिवार पाल्नकै लागि जागिर बचाउनको लागि कुनै न कुनै पार्टीको झोले बन्नुपर्छ त्यसैले कुनै विद्यालयमा शिक्षा बाहेक अरु सबै पाइन्छ भने जस्तै छ, आफ्नो पार्टीले कुनै अनिमियता गरेको बेलामा भ्रष्टाचार गरेको बेलामा विभिन्न भए नभएका सबूत ल्याएर उसको पक्षमा बोलिदिनु पथ्र्याे, नेताले जे–जे गर्दा पनि जयजयकार गर्नु पथ्र्याे, सत्ता सँगै ¥याल ण्र सिङान लिएर सति जाने नेताको गुणगान गाउनु पथ्र्याे, जे जस्तो उडन्ते कुरा गर्दा पनि ताली बजाएर वाह भनेर ताली बजाउनु पथ्र्याे, नागरिकता बेचिदा, विभिन्न सन्धि सम्झौताको नाममा देशको भु–भाग अतिक्रमण हुँदा, आफ्नै पार्टीले गरेको रहेछ भनेर झन् हौसला दिनु पथ्र्याे, त्यसैले तिमीले पत्रकारिता जानेनौ, अब टिभीमा मात्रै कराएर परिवर्तन हुदैन, मैले जनताको अबस्था परिबर्तन गर्छु भनी राजनीतिमा होमियौ, अहिलेसम्म प्रायः नैतिकता नभएकाहरुले गरेको राजनीतिमा तिमी एक्लै ढेडु जस्तै भयौ, सबै नेताले तिम्रै मात्र बिरोध गर्छन्, राजनीती गर्न अरुलाई सत्तो सराप गर्न सक्नु पर्छ, अरुलाई तल नझारी आफू माथी पुग्न सकिन्न भन्ने नीति रहेको कसैको पेशालाई पेटमा लात हान्ने कोसिस ग¥यौ, अब तिनीहरु के गर्छन् काम गरौं सीप छैन, जानेको एउटा जनता उल्लु बनाउने पेशा पनि धरासायी हुने भयो भन्नि पिरले दिन प्रतिदिन पोलिरहेको छ, त्यसैले तिमीले राजनीति गर्नु हुदैन, जनताको सेवक बन्नु हुँदैन, भिमसेन थापालाई जिउँदै बिष्णुमतिमा हालेको देश, मदन भण्डारीलाई मारेर त्रिशुलीमा हालेको, राजा वीरेन्द्रको वंश नाश गरेको देशमा तिमी जस्ता देश भक्त भन्नेहरु बाँच्न गाह्रो हुनेछ त्यसैले तिमी राजनीति जान्दैनौं तिमीलाइ राजनीती आउदैन, जे गर्छन् जानेकाहरुले गर्छन् तिमी चुप चाप सहेर बस्नु पर्छ ।