2026 November 21/ 03:32: 27am

    बनेपा/बडा दसैँ तथा घटस्थापनाको पावन अवसर पारेर धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले काभ्रेमा बृहत्त भक्ति सङ्गीत तथा संस्कृतिको त्रिवेणी–श्री संकीर्तन महोत्सव २०८३ आयोजना हुने भएको छ ।
    श्री वैष्णव परिषद् युवा समिति, काभ्रे शाखा र वैदिक अनुसन्धान फाउन्डेसन, काभ्रेको संयुक्त आयोजनामा बनेपा नगरपालिका–८ स्थित लायकु मञ्चमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा भजन, कीर्तन, भक्तिसङ्गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले  जानकारी दिएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप भव्य र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
    मौलिक धर्म, संस्कृति, परम्परा तथा वैदिक सनातन सभ्यताको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तामा आध्यात्मिक चेतना तथा सांस्कृतिक जागरण अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनिहरुले बताए । महोत्सवको उद्देश्य, औचित्य, तयारी, कार्यक्रमको स्वरूप तथा यसको धार्मिक एवं सांस्कृतिक महत्वबारे जानकारी गराउन बनेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । 
    धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै युवा पुस्तालाई मौलिक संस्कार र आध्यात्मिक चेतनासँग जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले काभ्रेको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमको तयारीका लागि विभिन्न उप समितिहरु गठन गरिएको छ । युवाहरुको शशक्त सहभागिताले आर्थिक, सामाजिक र सद्भाव तथा सामाजिक सहिष्णुता कायम हुने अपेक्षा गरिएको आयोजक समितिका कृष्ण अधिकारीले जानकारी दिए ।