2026 April 30/ 02:39: 07pm

ब्यापार र पर्यटनमा सहयोग
    धुलिखेल/धुलिखेल नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष, विश्वभरका नगरपालिकाहरुका सह अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ साता लामो चीन भ्रमणमा गएका छन् ।     
    २०१९ मे १७ देखी १९ सम्म चीनको फुजाहुमा आयोजना गरिएको सेन्चुरी मेरिटाईम को अप्रेसन कमिटी मारिनी इकोनोमी एण्ड अर्वान डेपलपमेन्ट कोस्टल एण्ड पोर्ट कोअप्रेसन फोरममा भाग लिन नगर प्रमुख ब्याञ्जु चीन गएका हुन् । त्यस्तै चीनकै ईवाहुमा २०१९ मे २१ देखि २४ सम्म हुने २०१९ को युसिएलजी एस्पाक कमिटीको आयोजनामा इन्टरनेशनल इकोनोमीक एण्ड टे«ड कर्पाेरेसन अण्डर द बेल्ट एण्ड रोड सम्वन्धमा हुने गोष्ठीमा भाग लिन नगर प्रमुख ब्याञ्जु चीन गएका हुन् ।
    नेपालका नगरपालिकाहरुलाई चीन तथा विभिन्न राष्ट्रहरुमा भएका आर्थिक विकास तथा वातावरणिय प्रभाव, सडक तथा अन्य क्षेत्रको विकासबाट कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान प्रदान गर्ने र कार्यान्वयन गर्ने नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले बताए । दुईवटा महत्वपूर्ण गोष्ठी सकेर ब्याञ्जु नेपाल फर्कने कार्यक्रम छ । यस अघि पनि नगर प्रमुख ब्याञ्जु विश्वका विभिन्न देशमा पुगेर नेपालका नगरपालिकाहरुको विकासका लागि कार्य गरिरहेका छन् ।
    कार्यक्रममा चीनको ईवाहु नगर र धुलिखेल नगरपालिका बीच भगिनी सम्वन्धको प्रस्ताव गरिएको छ । नेपालमा वन बेल्ट एण्ड सिल्क रोडका लागि साझेदारी भएको छ । छलफलका क्रममा नेपालको ब्यापार र पर्यटनमा समेत सहयोग गर्ने प्रस्ताव गरिएको छ । युसिएलजी एस्पाकको संचालक समितिको बैठक पनि सम्पन्न भएको छ । ईवाहु नगरका प्रमुख वा जेन र धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठ बीच भगिनी सम्वन्ध, पर्यटन र ब्यापारका लागि सहयोग गर्ने कुराकानी भएको छ ।