2026 May 10/ 06:05: 36pm

    बनेपा/विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारी नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बनेपामा प्रभातफेरी आयोजना गरेको छ । बनेपा चोकबाट शुरु भएको प्रभातफेरी ¥याली पुरानो बजार हुँदै परिवार नियोजन अघि जनआन्दोलन चोकमा गएर कोण सभामा परिणत भएको थियो । 
    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु, कृयाशिल सचारकर्मीहरु तथा विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विनोद न्यौपानेले प्रेस स्वतन्त्रताका लागि संर्घषरत पत्रकारहरुले सरकारले दिएका विभिन्न निर्देशनहरुले स्वतन्त्रता हस्तक्षेप भएको बताए । संचारकर्मीहरुको स्वतन्त्रताका लागि भएका प्रयासले नागरिकहरुको अधिकारको रक्षा गर्ने उनले बताए । कार्यक्रम सचिव नगेन्द्र अधिकारीले संचालन गरेका थिए ।